काठमाडौँ – हाल वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।
अहिले प्रदेश नम्बर-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यस्तो तीन दिनको मौसम अनुमान
वैशाख २३ गते शुक्रबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
वैशाख २४ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
वैशाख २५ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।







