कुशलको शतक तथा दीपेन्द्रको अर्धशतकमा नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष्य

काठमाडौं – कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको छ ।

ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।

कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन्। कुशल टी-२० आईमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बने । यसअघि पारस र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।

कुशलको शतक तथा दीपेन्द्रको अर्धशतकमा २ सय १८ रन बनाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्