इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ भोली बुधबार बाँडफाँट हुने

काठमाडाैँ – इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ भोली बुधबार दिउँसो ३ः३० बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन ५३.८७ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले मात्रै न्युनतम १० कित्ताको दरले शेयर पाउनेछन् । त्यस अनुसार २३ लाख ६४ हजार भन्दा बढीले शेयर नपाउने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्