भोली बस्ने संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी सम्झौता

काठमाडाैं – प्रतिनिधि सभाको भोलि बुधवार बस्ने बैठकमा पनि अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने देखिएको छ ।

संसद् सचिवालयले भोलिका लागि आज प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसको विषय समावेश गरिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि कार्यसूचीमा एमसीसी समावेश छैन ।

भोलिका लागि प्रकाशन भएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्