जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । आज उक्त आईपीओ बाँडफाँट भएको हो ।
लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।
त्यस अनुसार २५ हजार ८७ हजार ४१२ जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।
माग भन्दा बढी आवेदन परेकोले धितो निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आवेदक मध्ये ४८ हजार ७९० जना भाग्यमानीले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।
आईपीओ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला
आईपीओ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला