नेपाली रेल आजदेखि यात्रुबिना सञ्चालन हुने

FILE PHOTO

काठमाडौँ – नेपाली रेल आजदेखि सञ्चालन हुने भएको छ । जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो । धनुषाको इनर्वा स्टेशनमा राखिएको उक्त रेल भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ ।

रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । उद्घाटन नभएसम्मको लागि यात्रु विना नै रेल चलाउन लागिएको हो ।

जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्