फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

काठमाडौं – फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको थियो । नेपालले घरेलु मैदान दशरथ रङ्गशालमा मरिसससँग भएको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो ।

नेपाल दक्षिण एसियाली देशको वरीयतामा तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ४ औँ स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५७ औँ स्थानमा छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ । यस्तै दोस्रोमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँमा इङ्ग्ल्यान्ड रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्