फागुन १३ देखि छैटौँ अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

काठमाडौँ – अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा छैटौँ अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १३ गते शुक्रबार देखि प्रतियोगिता सुरु हुने विद्यालयका संचालक प्रेमकुमार भुजेलले उपहारखबरलाई जानकारी दिए । कोभिड–१९को महामारीका कारण विगत २ वर्ष देखि हुन नसकेको अर्किडक कप यस वर्षबाट पुनः निरन्तर हुने भुजेलले जानकारी दिए । उनका अनुसार कोभिडको जोखि कायमै भएपनि स्वास्थ्य मापदण्ड पालना गरि खेल संचालन हुने छ । काेभिडका कारण विगत २ वर्ष देखि खेल खेल्न नपाएका विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र उनिहरुको मनोबल बढाउने उद्देश्यका साथ खेल खेलाउन लागिएको भुजेलले जानकारी दिए। खेलमा दर्शकहरुलाई राखेर ठूलो मास बनाउने भन्दा पनि खेलाडीहरु राखेर मात्र खेलाउने र खेल उद्घाटनको दिन ठूलो कार्यक्रम नगरी खेल खेलाईने आयोजकले जनाएको छ । खेल समापनका दिन भने समापन कार्यक्रम राख्ने संचालक भुजेलले जानकारी दिए ।
उनका अनुसार प्रतियोतिमा बढीमा ३२ टिम समेटिनेछन् । गत संस्करणमा ३६ टिम सहभागि भएका थिए । विजेताले ३० हजार, उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रोले २० हजार र चौथोले १० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताका खेलहरु काँडाघारी स्थित आयोजक अर्किडकै मैदानमा हुनेछ । यस अघिको संस्करण काठमाडौँको सिनाम‌ंगलमा अवस्थित केभिएसले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्