काठमाडाैँ – आज पनि देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो दिउँसोपख हटेर केहि अवस्थामा मौसम खुल्नेछ ।
आज दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भोलि बेलुकादेखि यसको प्रभाव थप बढ्ने सम्भावना छ ।
भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्दै जाने र पर्सि बिहीवार पश्चिम क्षेत्रमा तथा शुक्रवार देशैभर यसको प्रभाव रहने छछ भने पश्चिमी वायुको प्रभावका कारण बिहीवार बेलुका र शुक्रवार हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।