जिल्ला प्रशासन कार्यालय बाजुराबाट दिईने दैनिक प्रशासनिक कार्यहरु बन्द, सेवाग्राही मारमा

बाजुरा – जिल्ला प्रशासन कार्यालय बाजुरा बाट दिईने दैनिक प्रशासनिक कार्यहरु बन्द हुने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखापरेकोले कार्यालयले दिने अत्याआबस्यकीय कार्य बाहेक अन्य दैनिक गरीनेसेवा हरु बन्द गरीएको हो ।
यहि माघ १२ गतेबाट अर्को सुचना जारी नभयसम्म मुद्दा र शान्ति सुरक्षाका कार्यहरु बाहेक अरु सबै काम काजहरु बन्द गरीयको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले एक सुचना जारी गरेर जनाकारी दिएका छन् ।बाजुरा जिल्लामा कोरनामहामारी रोगको संक्रमित संख्या बाजुरा जिल्लामा बढेसंगै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना महामारी रोगको संक्रमित देखिएपछी मात्र बाध्यताले दैनिकी सेवालाई बन्द गरेको प्र.जि.अ.पौडेलले जनाउनु भएको छ ।
कर्मचारीहरुलाई महामारी रा्ेगको संक्रमण बाट मुक्त नभएसम्मका लागी अत्याआबश्यक काम बाहेक अरु सबै दैनिक कार्यहरु बन्दगरीएको कुरा एक सार्बजनीक सुचनामार्फत जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट हुने अन्यकाम हरु नागरिकता,राहदानी कोलागी सिफारिस लगाएत अन्य सबैकार्य हरु सबै बन्द गर्न बाध्यता रहेको कुरा जिल्लाबासी नागरिक समक्ष पु–याउनको र जनताले दुःख नपाउन भन्ने उद्देश्का साथ यो सुचना निकालेको हो भनि जिल्ला प्रशासनकार्यालय बाजुराले जनाएको छ ।
बाजुरा जिल्लामा पनि कोरोनाको महामारीको संक्रमण दिनकादिन फैलिदै गएको र जिल्लामा उच्चजोखिम समेत रहेकाले जिल्लाबासी हरुसबैले सर्तकता अपनाउनु पर्ने समेत सुचनामा जनाएको छ । कार्यालयबाट दिईने सबै सेवाहरु बन्द हुदा नागरीकलाई लाई समस्या भएको भयता पनि जिल्लाबासी हरु सबैले अनिबार्य रुपमा सुरक्षका नियमलाई अपनाएर र आफु सुरक्षीत रहन समेत जनायको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्