काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्र बनाउन सकिने

काठमाण्डौ – काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

गएको मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भीड लाग्दै आएको छ ।

भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको विभागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्