काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै बैठकको कार्यसूची तय गर्ने विषयमा छलफल गर्न बिहान साढे ११ बजे सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएकाले कार्यव्यवस्था परामर्श समितिमा संसद्को अवरोध खुलाउनेबारे पनि छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
आफूले कारबाही गरेका सांसदको पद खारेज गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ ।