बैतडी जिल्ला पुर्चाैडी नगरपालिका वार्ड नं. ८ का दुवै मृगौला पीडित जनकबहादुर बमलाई २७० कुवेती दिनार अर्थात नेपाली रु. १,०६,७२२ (एक लाख छ हजार सात सय बाईस ) रुपैयाँ सहयोग गरेका छन । सुदूरपश्चिम नेपाली समाज कुवेतका जेष्ठ सदस्य गणेश बहादुर चन्दको संयोजकत्वमा कुवेतका विभिन्न कम्पनीमा कार्यरथ नेपालीलगायत सुदूरपश्चिम नेपाली समाज कुवेतमा आबद्व सम्पूर्ण सदस्यहरुले आर्थिक संकलन गरी सहयोग गरेका हुन । सुदूरपश्चिम नेपाली समाज कुवेतका जेष्ठ सदस्य गणेश बहादुर चन्दले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । मृगौला पिडित जनक बहादुर बमको अहिले धनगढी सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
‘सुदूरपश्चिम नेपाली समाज कुवेत’द्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
