कांग्रेस महाधिवेशन : सभापतिको आधा मत गणना सकियो, कस्को पक्षमा कति ?

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको मतगणना जारी रहेको छ । राष्ट्रियसभा गृहमा भईरहेको मतगणनामा कुल खसेको मतको आधा मत गणना भइसकेको छ । २६७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६७ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् ।
प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् । कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्