मतदान अन्तिम चरणमा, सभापतिको मतगणना आजै रातिबाट सुरु गरिने, अरु ड्रम सानेपा लगिने

काठमाडौँ – नेपाली काँग्रेसको नयाँ नेतृत्व सहित कार्यसमिति चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार अब करिब ५०० मत खस्न बाँकी रहेको छ भने मतदान सकिएपछि सभापति तर्फको मतगणना राति नै राष्ट्रियसभा गृहमा सुरु गरिनेछ भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्य तर्फको मतपत्र राति नै सानेपा पठाइनेछ ।

निर्वाचन समितिका सदस्य एकराज पोख्रेलका अनुसार राति मतपत्रसहितको ड्रम सानेपामा लगिन लागिएको छ । सभापतिको भने त्यहीँ राष्ट्रियसभा गृहमै राति नै गणना हुने उनले बताए । समितिले रातभरमा मत गणना सम्पन्न हुने अपेक्षा राखेको छ ।

मतगणनाबाट कुनै उम्मेदवारले एकै पटकमा ५० प्रतिशतभन्दा बढी ल्याएर विजयी हासिल गरे त्यसपछि अन्य पदको मतगणना सुरु गरिनेछ भने त्यसो हुन नसकेको खण्डमा दोस्रो चरणको मतदान भोलि नै सुरु गरिनेछ । त्यसपछि फेरि सभापतिको मतगणना गरेर विजयी घोषणा गरेपछि पार्टी कार्यालयमा थुपारेर राखिएको मतगणना सुरु हुनेछ । काँग्रेसले प्रविधिको जमानामा पनि ड्रम कागजको मतपत्र खसालेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्