काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति सदस्य तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले महाधिवशेनका लागि भन्दै सम्पर्क कार्यालय संचालनमा ल्याएका छन् ।
काठमाडौँको अनामनगरमा बुधबारबाट सम्पर्क कार्यालय संचालनमा ल्याइएको नेता बडूको सचिवालयले जनाएको छ । बिहिबार सम्पर्क कार्यलयमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । नेता बडू संस्थापन इतर समुहबाट सहमहामन्त्रीका आकांक्षी रहेको उनी निकट एक नेताले बताए । ती नेताले भने, ‘अहिले सभापतिको नै टुङ्गो लागेको छैन, उहाले सहमहामन्त्रीका लागि आकांक्षा देखाउनु भएको छ, तर अहिले नै कुन पदमा उम्मेदवारी दिने भन्ने टुङ्गो भएको छैन ।’
बडू प्रतिनिधि सभा सदस्य समेत हुन् । बडूको गृह जिल्ला दार्चुला हो । बडू नेपाली काँग्रेसका प्रभावशाली नेता हुन् । नेता बडूले यसअघि नै पार्टी प्रवक्ताको जिम्मेवारी समेत सम्हालि सकेका छन् । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन भाेलि शुक्रवारदेखि काठमाण्डाैमा सुरु हुँदैछ ।