दार्चुला – नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र (२) को अधिवेसनबाट क्षेत्रीय सभापतिमा मार्मा गाउँपालिकाका केशब बहादुर सिँह २३९ मत सहित बिजयी हुनुभएको छ ।
यस्तै क्षेत्रीय सचिवमा २७७ मत ल्याएर युवा नेता जगदिश बिष्ट निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा अशोक बहादुर सिंह सम्राट, अशोक सिंह साउद, एकेन्द्र बहादुर पाल, राम दत्त जोशी, दिलिप महता, देवेन्द्र सिंह रोकाय, एनपि जोशी विजयी भएका छन् ।
नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र (१) को सभापतिमा मालिकार्जुन गाउँपालिकाका मन्दिर सिंह धामी विजयी हुनु भएको छ । सभापतिका अर्का उम्मेदवार गणेश सिंह धामीले २१२ मत प्राप्त गर्नु भएको छ ।
प्रदेशसभा क्षेत्र (१) को सचिवमा महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पुष्करराज जोशी ३७२ मत सहित विजयी भएको छन् भने नेबि संघ दार्चुलाका सचिव समेत रहनुभएका हरिदत्त जोशी ३०९ मतसहित विजयी हुनु भएको छ ।