कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ वर्ष ८ महिनापछि आज राजीनाम राजीनामा दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ ।