आजको माैसम : बेलुका पख भने फेरि पानी पर्ने सम्भावना

काठमाण्डौ – उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै भएको ठूलो वर्षा अहिले रोकिएको छ । मौसम्विदका अनुसार
अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि पानी पर्ने सम्भावना रहेको छ । भारतको बिहार आसपास क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको असरले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको हो ।

पोस्ट मनसुनमा स्थानीय वायुको प्रभावका कारण एकैछिनका पानी पार्ने बादल विकसित हुने भएकाले पूर्वानुमान गर्न कठिन हुने मौसमविद्ले बताउँदै आएका छन् । अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्न थालेको मौसमविद्ले बताएका छन् । त्यहाँका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्