रुपन्देही – ट्रकको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
कलेज जान हिँडेका छोरालाई बाटोसम्म पु¥याउन आएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् ।
ठक्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।