काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सद्वारा राजस्थान रोयल्स ३३ रनले पराजित भएको छ । १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन मात्रै बनायो । राजस्थानका सञ्जु स्यामसनले अविजित ७० रन जोडे पनि जित दिलाउन सकेनन् । दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए ।
आवेश खान, रविचन्द्रन आश्विन, कागिसो रबाडा र अक्षर पटेलले एकरएक विकेट लिए । आबुधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । दिल्ली १० खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा चेन्नई सुपर किङ्ग्स रहेको छ ।