‘राजनीतिलाई पेशा हैन सेवा सँग गास्नुपर्छ’ – प्रा.डा. मिश्र

काठमाडौँ – प्रजातान्त्रिक बिचार समाज, गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. अक्कलदेव मिश्रले राजनीतिलाई सेवा सँग गास्नु पर्ने बताएका छन् ।

शनिबार उपहारखबरसँग कुरा गर्दै अध्यक्ष मिश्रले राजनीतिलाई पेशासँग नभएर सेवासँग र केन्द्रसँग नभएर गाउँसँग जोड्नुपर्ने बताएका हुन् । ब्यक्ति र गुटको स्वार्थबाट माथि उठेर पार्टीलाई राष्ट्रिय स्वार्थ तथा जनहितमा समर्पित गराउनु आवश्यक रहेको मिश्रको भनाई छ । काँग्रेसको संगठनलाई थप मजबुत एवं अनुशाशित बनाउने अभियानमा विभिन्न तहमा नव निर्वाचित प्रतिनिधिहरूको भूमिका तथा जिम्मेवारी महत्वपूर्ण हुने भएकाले निष्ठावान नेतृत्व चयन गर्न समेत उनले सबैलाई आग्रह गरे ।

अहिले नेपाली काँग्रेसको १४ औं महाधिबेशनको सरगर्मी देशभरी नै चलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्