जिल्ला सभापतिमा हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाको दाबी, गुटको राजनीति अन्त्य गर्नु मुख्य उद्देश्य

काठमाडौँ – नेपाली काँग्रेसको १४औं महाअधिवेशनमा सिन्धुपाल्चोक कांग्रेसको जिल्ला सभापतिमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेश शेर्पाले आफ्नो उम्मेदवारी दिने तयारी गरेका छन् । उनले आफ्नो उम्मेदवारी गुटउपगुटलाई चिर्नका लागि भएको बताउँदै आसन्न महाधिवेशनमा जिल्ला सभापति दावि गरेको बताए ।

पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति लाई प्रवद्र्धन गर्ने हेतुले महाधिवेशनमा होमिन लागेको शेर्पाको भनाई छ ।

काँग्रेस भित्रको गुट र उपगुटले पार्टिनै धरापमा पर्ने स्थिति आइसक्यो अझैपनि नेतृत्वले पार्टिको लागि नसोचेका कारण आफ्नो उम्मेदवारी अपरिहार्य रहेको अध्यक्ष शेर्पाले बताए । पार्टिभित्रकै साथीहरुको चाहना र इच्छा बमोजिम नेतृत्वका लागि आफु तयार भएको शेर्पाले दावि समेत गरे । हेलम्बु गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका शेर्पाले पार्टिलाई जोगाउनु र गुटको राजनितिको अन्त्य गर्नुनै आफ्नो मुख्य उदेश्य रहेको बताए ।

शेर्पाले अब कांग्रेस बचाएर देश बनाउने हो भने ४० बर्ष मुनिकालाई १००% वडा समितिमा, ९०% नगर र गाउँपालिकामा, ८०% क्षेत्रीय प्रतिनिधिमा अनिवार्य उपस्थित गराउनुपर्ने बताए । पार्टीलाई अत्याधुनिक बैज्ञानिक रुपमा संचालन गर्नुपर्ने पहिलो मुख्य एजेण्डा भएको र संगठनलाई सशक्त र चुस्त बनाउने अर्को एजेन्डा भएको शेर्पाले उल्लेख गरे ।

शेर्पाले आफुलाई जिल्लाका शिर्षनेता र सक्रिय कार्यकर्ताहरुको समेत सल्लाह सुझाव रहेकाले आफु सभापति बन्ने निश्चित भएको दावि गरे । उनले कार्यकर्तालाई नअल्मलिन समेत आग्रह गरेका छन् ।

उनले पार्टीका साथीहरुलाई प्रशिक्षित र प्रभावशाली बनाउने, जनताको विषयबस्तुलाई बुलन्दरुपमा आवाज मुखरित गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्ने अहिलेको नितान्त आवश्यकता भएकोले “अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” भन्ने नाराका साथ अघि बढेको बताए ।

पार्टिको भन्दापनि ब्यक्तिगत स्वार्थ बोकेकाहरुले पार्टिलाई सिध्याउन खोजेको शेर्पाले आरोप समेत लागाए । उनले सभापतिमा मेरो उम्मेदवारी आउँछ भनरे नै मलाई क्रियाशिल सदस्यता दिन आनकानि गरे, सकेसम्म नदिनका लागि जोडबल गरेपनि आफ्नो क्रियाशिलताका कारण आफुले सदस्यता पाएको उल्लेख गरे ।
यो पनि

हेलम्बु ग्रेटट्रेलका निर्मातालाई काँग्रेसले दिएन क्रियाशील सदस्यता, कार्यकर्ता भन्छन् – ‘अध्यक्ष शेर्पा गाउँ तहमा लोकप्रिय नेता हुन्’

नेपाली कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताउदैं नेपाली कांग्रेसभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले नेपाली कांग्रेसलाई दिनप्रतिदिन कम्जोर बनाउँदै लगेको शेर्पाको भनाइ छ ।
सिन्धुपाल्चोकमा पार्टी भित्रका सबै पक्षलाई समेटेर अगाडि बढ्न सक्ने अवस्था सिर्जना गर्न आफु लागिपरेको उनको भनाई छ । कांगे्रस पार्टिलाई बलियो र एक ढिक्का बनाउने आफ्ना एजेन्डाका लागि मतदान गर्न पार्टीका कार्यकर्ताहरुलाई उनले आग्रह समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्