नेपाल टेलिभिजन: चलखेल निरन्तर जारी

नेपाल टेलिभिजनलाई प्राविधिक रूपमा निकै कमजोर पारिसकेका रामेश्वर शुक्ल, चिन्तामणि बराल, बरुण सिंह र अर्जुन  बटालाको गिरोहले हालै भइरहेको स्याटेलाइट टेन्डरमा मोटो रकम लिएर पहिले नै म्याच फिक्सिङ्ग गरी Asiasat नाम गरेको स्याटेलाईटलाई टेण्डर दिन ठीक पारेको बेला राज्यका विभिन्न निकायले हस्तक्षेप गरी नेपाल टेलिभिजनको पक्षमा सही निर्णय लिन सतर्क गराए पछि अहिले उक्त निकायहरुलाई नै लल्कार्दै र बदनाम गर्दै हिँडेका छन् ।

१४० भन्दा बढी देशमा पहुँच पुगेको हालको स्याटेलाईट को पहुँच आधाभन्दा बढी घटाएर अनि नेपाल टेलिभिजनकाे शक्ति पुरै समाप्त पारेर Asiasat मार्फत ठूलो रकम घोटाला गरी सम्पूर्ण सेटिङ मिलाएको थाहा पाएपछि अख्तियार दुरपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक लेखा समिति, तथा स्वयं सञ्चार मन्त्रालय समेत सक्रिय भए र आवश्यक छानबिन समेत अगाडि बढ्यो। साथै नेपाल टेलिभिजन भित्रैका कर्मचारीहरुका संघ संस्था जस्तै: नेपाल पत्रकार संघ, नेपाल प्रेस युनियन ,नेपाल कर्मचारी संघका अन्य सम्पुर्ण कर्मचारी समेत यस कार्यलाई रोक्न एकजुट भए । यस गिरोहले टेन्डर जसरीपनि पास हुनुपर्ने नभए नेपाल टेलिभिजनमा ब्ल्याक आउट हुन्छ भन्दै सम्बन्धित निकायमा धाउँदै तर्साउन थालेपछि सबै निकायले यिनीहरूको नियत स्पष्ट बुझे ।अनि कागजपत्रको अध्ययन गरेपछि स्पष्ट मिलेमतो भएको देखियो र यिनीहरु माथि संस्थालाई सिधै हानिनोक्सानी पुर्याउन खोजिएको आरोप सत्य भएको प्रमाणित भएको छ ।

आधा मात्र पहुँच क्षेत्र भएको सेटलाइट सँग साठगाँठ गरी “पहिलेको महंगो छ अहिले सस्तोमा ल्याउँछौं” भन्दै सम्पूर्ण विधि र प्रक्रिया पुरा गरी पहिले सम्झौता भएका स्याटेलाईटकाे  र विभिन्न व्यक्तिहरूको मानहानि हुनेगरी अनेक झुठा प्रचार र बदनाम गर्दै हिँडेको यी गिरोह अहिले पुरै नांगिएका छन्। सस्तो र कमसल स्याटेलाईट बोकेर हिँड्ने समयमा टेण्डर नगर्ने अनि ब्ल्याक आउट हुन्छ भन्दै धम्की दिँदै हिँड्ने र अब कुनै विकल्प छैन भन्दै उल्टै नाजायज काम को पक्ष मा वातावरण बनाउँदै यो गिरोह अझै हिँडिरहेको छ । राज्यका शक्तिशाली निकायहरुले छानबिन गरी कैयन गल्तीहरु औंल्याई सक्दा समेत यो गिरोह अझै अनेक शक्तिकेन्द्र धाउँदै हिँडेका छन्। वर्तमान सरकारलाई समेत बदनाम गर्दै र सारा निकायहरुलाई समेत खुलेआम गाली गर्दै हिँडेको यो गिरोह काे हिम्मत देखेर कमिसनको खेलमा कतिसम्म निर्लज्ज भएर लागिरहेका रहेछन् भनेर सारा कर्मचारीहरु समेत चकित छन्।

विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएको थाइकम स्याटेलाईटले सबभन्दा कम मूल्यमा यू. यस. डलर ३४९० मा टेण्डर  पाएको हो। पछि बेण्डवीथ थाप्दै जाँदा सहुलियत स्वरुप यसले एक तिहाई मूल्य कम गरेर नेपाल टेलिभिजनलाई दिइरहेको छ। र हालको बजार मुल्य यदि घटेको भए एनटिभीले फेरिपनि मूल्य घटाउन उसँग पहल गर्न सक्छ। तर यो गिरोह र यसका मतियारहरु जानीजानी अहिलेपनि ३४९० डलरकै हिसाब निकाली करोडौं रुपैयाँ  हिनामिना भएको  भनी जानी जानी अरुलाई  बदनाम गर्दै लाजपचाइ रहेका छन् ।कमिसन आफू खाने र बदनाम अरुलाई गर्ने खेल नक्चराहरुले निर्लज्ज खेलिरहेका छन् ।सम्पूर्ण कर्मचारी र सम्बन्धित राज्यका निकायहरुकाे एउटा सामान्य चासाे भनेको अहिलेको भन्दा गुणस्तर नघटाेस तर मूल्य घटोस् भन्ने मात्र हो। थाइकम भन्दा आधा गुणस्तरको स्याटेलाईट ल्याउने र संस्थाको पहुँच क्षेत्र पूरै घटाउने ,मोटो कमिसन खाने अनि उल्टै अरुलाई बदनाम गर्ने र आफ्नो दुनो सोझ्याउने काम यो गिरोह बाट भइरहेको छ। हालको पहुँच क्षेत्र र अन्य गुणस्तर मा पनि कुनै कमी नहोस भन्ने सबैको चाहना हाे तर टेण्डर सम्बन्धी कागजातमा नै सम्पूर्ण गुणस्तर र पहुँच क्षेत्र घटाई मूल्य घटायाैं भन्दै हिँड्नु कमिसनको खेलमा लागेर अरुलाई मूर्ख बनाएको छर्लंगै देखिएको छ। टेण्डर कागजात कमजोर बनाउने अनि टेन्डर प्रक्रिया नै खल्बल्याउने र असली मूल्य बजारमा कति छ भनेर आउनै नदिने र आफ्नै सेटिङको सेटेलाइट लाई टेन्डर पारेर अनुचित आर्थिक लाभ लिने नियतले यिनीहरुले काम गरिरहेको तथ्य अब सबैले बुझिसकेका छन् ।संस्थानका ट्रान्समिटरहरु सबै बन्दछन्, ग्राफिक्स चलेको छैन, कैयन उपकरणहरू महंगोमा किनेर ल्याएर त्यतिकै फालिएका छन्।

रामेश्वर शुक्ल, चिंतामणि बराल र बरुण सिंहको गिराेहले  इन्जिनियरिङ विभाग तहसनहस पारेर अब स्याटेलाइटको समेत सम्पूर्ण क्षमता कम गरी यसलाई समेत सिध्याउन तिर लागेका छन् ।

Asiasat का प्रतिनिधी राेहित अराेरा दिनहुँ नेपाल टेलिभिजनको कमिसन गिराेह सँग डिनर मिटिङ गरिरहेका छन्। नेपाल टेलिभजनका उच्च तहका पदाधिकारीहरुलाई रामेश्वर शुक्ल,चिंतामणि बराल,बरुण सिंहले दिनहुँ भेटाएर प्रभावमा पार्न खोजेको र कार्यदलमा रहेका सदस्यहरु सुरज थापा र पवन माण्डव्यलाई समेत आर्थिक प्रलोभन देखाई Asiasat को पक्ष मा निर्णय लिन लगातार कोशिश गरिरहेको बुझिएको छ । निज अरोराले मन्त्रलयका सचिव सम्मलाई प्रभावित पार्न र विभिन्न शक्तिकेन्द्र धाउन यिनै गिरोह र एजेन्टलाई प्रयोग गरिरहेका छन्। सुरज थापा जहिले पनि बीचमा बसेर खेल्ने गरेकाेले अरु सेटेलाइट काे एजेन्ट हरु समेत उनको सम्पर्कमा छन् र यही मौकामा घुस्ने दाउमा छन्।

यिनीहरु अहिले सब ब्ल्याक आउट हुने भयो अब फेरि जसले सस्तो दिन्छ त्यही सेटेलाइट लिने र गुणस्तर र पहुँच केही चाहिँदैन भन्दै घुमाइफिराइ फेरि आफ्नै सेटिङको सेटेलाइटलाई घुसाउन पत्राचार गर्दै हिँडेको बुझिएको छ ।यत्रो निकायले कुनै हालतमा अहिलेको भन्दा कमसल र हालको गुणस्तर र पहुँच क्षेत्र भन्दा कम हुने गरी सेटेलाइट को प्रक्रिया अगाडि नबढाउन सतर्क गराउँदा गराउँदै यो स्तरको हिम्मत गर्न सक्नुले यो गिरोह कमिसनको खेलमा कति कम्मर कसेर लागेकाे छ स्पष्टै बुझिन्छ।

हाल कार्यकारी अध्यक्ष र मन्त्रीसमेत नभएको मौका छोपी विदेशी एजेण्टलाई बोक्दै हिंडेर र टेन्डर प्रक्रिया नै पूरा गर्न नदीई कमसल सेटेलाइट भिडाउन फेरि सुरु गरिसकेका अनी करोडौं कमिसनको खेलमा लागेर उल्टै अरुलाई बदनाम गराउँदै हिँडेका याे गिरोह देखेर सबै छक्क छन्।अझ संस्थानकै आफूलाई सिनियर ठान्ने र प्रजातन्त्रको खोल ओढेका एकाध व्यक्तिले पछाडिबाट यो गिरोहलाई उकास्दै हिँडेको खबरले यसलाई थप रहस्यमय बनाएको छ तर थोत्रो सेटेलाइट भिडाएर उनीहरुकाे आर्थिक चलखेल हुन नदिने तर्फ भने सम्पूर्ण निकाय अब चनाखो भइसकेको देखिएकोले गिरोह को पर्दाफाश छिटै हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

नेपाल टेलिभिजन टेण्डर : पहिल्यै म्याच फिक्सिङ्ग

नेपाल टेलिभिजन : बढ्दो अनियमितता

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्