राष्ट्रको अग्रणी टेलिभिजन संस्था अहिले विभिन्न स्वार्थ समुहको तारो बनेको छ । २०४१ सालमा स्थापना भएर अहिलेसम्म आइप्ग्दा क्षेत्रीय र केन्द्रीय गरी ५ वटा टेलिभिजन च्यानलहरु, १९ वटा रिले स्टेशनहरु तथा केबुल, डिटीएच र स्याटेलाइट मार्फत विश्वका करिब १५० मुलुकमा यसको पहुँच पुगेको छ । समाचार, मनोरञ्जन र अन्य विविध विषयमा यसको प्रशारण सर्वाधिक रुचाइएको छ । यसको मुख्य विशेषता भनेकै यसको भूसतही प्रसारण, स्याटेलाइटको पहुँच र कार्यक्रमको विविधता तथा वर्चस्व नै हो । राज्यबाट सञ्चालित भएको हुँदा यसको व्यापकता लाई कायम राख्नु र देश तथा विदेशमा समेत व्यपाक बनाई थप वर्चस्व स्थापित गर्नु यसको उद्देश्य हुनुपर्दछ । तर हाल आएर यसलाई खुम्च्याउन खोज्ने र यसको प्रभावकारितालाई व्यापक रुपमा कटौती गरी यसको साखलाई सखाप पार्ने र आर्थिक रुपमा चरम लाभ लिने सस्था भित्रकै कर्मचारीहरुको एक गिरोह सम्पर्ण शक्ति लगाएर यसलाई ध्वस्त पार्ने अभियानमा कम्मर कसेर लागेका छन् ।
संस्थानका वरिष्ठतम अधिकृतले नेतृत्व गरेका र इन्जिनियरिङ्ग महाशाखा प्रमुख चिन्तामणी बरालको साथमा बरुण सिँह र कर्मचारी युनियनका विश्वेश्वर पौडेल, अर्जुन बटाला आदिको साथ लिई उक्त समुहले संस्थानको बर्वादी गरिरहेका छन् । हालसम्म नेपाल टेलिभिजनमा अरबौँको ठेक्का एउटै कम्पनी “सोहेतु नेपाल” ले प्राप्त गर्दै आएको छ । संस्थानका बरिष्ठ्तम अधिकृत नै उक्त कम्पनीका विजनेश पार्टनर हुन् । यो कम्पनी बाहेकको ठेक्का अरु कम्पनीले पाउनु नेपाल टेलिभिजनमा आश्चर्य नै मानिन्छ ।
केहि समय पहिले टिभी ट्रान्समिटर हरु खरिदको सिलसिलामा पहिला जाने तय भएका व्यक्तिहरुको नाम काटी विष्णु न्यौपानेको नेतृत्वमा चिन्तामणी बराल, हरि भण्डारी, ओम श्रेष्ठहरुको टोली चीन गयो । भनिन्छ कमिसनको रकम नमिल्दा बीचमै उक्त कार्य छोडेर फर्किरपछि फेरा कुरा मिलाई उक्त ट्रान्समिटरहरु बीसौँ करोड रुपियामा खरिद गरिए र मोटो रकम लिएर दोस्रो लट समेत सोही कम्पनीसँग खरिद गरियो तर नीजहरुले करोडौँ रुपैयाँ कमिशन वापत लिएर पनि उक्त समानहरु पुरै बेकार भएर बसेका छन् । यसभन्दा अघि सोहेतु नेपालले इटालीबाट सप्लाई गरेको ट्रान्समिटर समेत केहि समय पश्चात नै सबै बन्द भए । यसरी अरु समुहका कुनै पनि प्रतिष्पर्धी च्यानलहरुसँग नभएको भूसतही प्रशारण यहि कारण हाल बन्द प्राय: छ र करौडौँ दर्शक नेपाल टेलिभिजन हेर्नबाट बञ्चित छन् । तर अझै स्टेशन थप गर्ने कार्य कमिशनकै लागि जारी छ । सामान किन्न, कमिशन लिने र प्रतिस्पर्धी च्यानलहरुसँग समेत मिलेर नेपाल टेलिभिजन सिध्याउने खेल जारी छ । यसबट नेपाल टेलिभिजनको प्रसारण व्यापक रुपमा खुम्चिएको छ । तर यो विषय नेपाल टेलिभिजन भित्र कहिल्यै उठाउन दिदैनन् । दबाएर राखेका छन् ।
हाल आएर नेपाल टेलिभिनले स्याटेलाइट व्याण्डविथका लागि पनि विज्ञापन गरेको छ । हालको स्याटेलाइटको पहुँच युरोप, अफ्रिका, एशिया र अष्ट्रेलिया सम्म गरी करिब १५० देशसम्म पुगेको छ । करोडौँ दर्शकले देशभित्रै र देश बाहिर सेमेत गरी स्याटेलाइटको माध्यमबाट नेपाल टेलिभिजन हेरिरहेका छन् । अब यसको पहुँच क्षेत्र र क्षमतालाई विस्थापित गरेर कम क्षमता र पहुँच क्षेत्र भएको स्याटेलाइटको प्राविधिक मापदण्ड बनाई त्यही संस्थाहरुको एजेन्ट बनी आफै संस्थान ध्वस्त बनाई मोटो आर्थिक लेनदेन गरी छिटो निर्णय गर्न संस्थानभित्रै व्यापक दबाव दिइरहेका छन् । अहिले बोलपत्रमा बनाइएको प्राविधिक मापदण्ड केवल एशियाका केही क्षेत्रहरु मात्र आउने गरी बनाइएको छ र यसको मुल्य हाल नेपाल टेलिभिजनले तिरिरहेको मूल्यको एक तिहाई मात्र पर्छ तर इष्टिमेट रकम धेरै राखेर ठुलो आर्थिक घोटाला गर्ने कोशिस हुदैँछ र नयाँ सरकार पनि बनिनसकेको र काम थालिनसकेको स्थितिमा आफ्नो स्वार्थ सिद्ध गर्न छिटो छिटो निर्णय गराउन हदैँसम्मको दवाव दिइरहेको छन् ।
नेपाल टेलिभिजनले लामो समयदेखि स्याटेलाइटको प्रयोग गरि रहेको छ । विना कमिसन काम नगर्ने यो समुह सुरुदेखि नै सक्रिय छ । सुरुमा नौ मेगाहर्ज एउटै च्यानललै प्रयोग गर्ने गरी अहिलेको मूल्य भन्दा दोब्बर तिरेर मोटो रकम कमिशनको रुपमा हत्याउदैँ आएका थिए । तत्कालिन इन्जिनियरिङ्ग हेर्ने उच्च नेतृत्वले तुरुन्त डिजिटल प्रणालीमा लगरेर व्याण्डवीथमा मूल्य घटाउन निरन्तर दवाव दिदा पनि नीजहरुले अटेर गर्दै आए ।
निरन्तरको दवाव पछि सन् २०१२ मा विश्व स्तरीय खुला प्रतिस्पर्धाबाट सवभन्दा बढी प्रसारण क्षेत्र रहेको र सवभन्दा कम मूल्य प्रस्ताव गर्ने थाइकम पब्लिक लिमिटेडसँग १० बर्षे सम्झौता गरी नेपाल टेलिभिजनले आफ्नो २ वटा च्यानल जम्मा ५ मेगाहर्ज व्याण्डवीथमा प्रसारण सुरु ग¥यो । एउटैै च्यानलाई ९ मेगाहर्जमा प्रसारण गरिरहेकोमा ५ मेगाहर्जमा २ वटा च्यानल त्यो पनि आधा मूल्यमा त्यो बेलाको नेतृत्वको लगातारको प्रसारणपछि थाइकमसँग धेरै सस्तोमा सम्झौता गरेर सेवा लिएपछि संस्थानलाई ५० औँ करोडको फाइदा भयो तर कमिशनमा रमाएका गिरोहलाई ठुलो नोक्सानी तथा छटपटी भयो अनि उक्त सम्झौता विरोध त्यही दिनदेखी सुरु भयो । पछि यही बीचमा सम्पूर्ण व्यवस्थापनको स्वीकृतिमा तथा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी एनटीभी न्यूज तथा कोहलपुर समेत यहि स्याटेलाइटमा आवद्ध भए । यसलाई अवरुद्ध गरी अर्कै थात्रो स्याटेलाइटको एजेन्ट बनी बिस्थापित गर्न र मोटो कमिशन खाने तर उल्टै नेतृत्वलाई दोष देखाएर लगायतार बदनाम गर्ने कोशिस गरिरहे र अहिलेसम्म गर्दैछन् ।
नीजि च्यानलहरुमा गएर काम गर्ने एनटिभीको गोप्य सूचनाहरु दिने तथा आफै संस्थानलाई सिध्याएर उनीहरुलाई उकास्ने काम निरन्तर गरिरहे । आफै संस्थानको बदनामी गरिरहे र आफै स्वार्थमा संस्थानको बर्बादीमा लागिरहे । स्याटेलाइटको व्याण्डवीथमा कमिशन खान पल्केको यिनीहरुलाई अर्काे ठुलो झट्का फेरि सन् २०१९ मा लाग्यो जब एनटिभीले आफ्ना सबै च्यानललाई एचडीमा रुपान्तरण गर्ने निधो ग¥यो । यो समयमा फेरि अनेक माध्यम अपनाएर विरोध गर्न थाले । सरकारको उच्च प्राथमिकतामा रहेको र नीजि च्यानहरु एचडीमा गइसकेको अवस्थामा समेत कमिशनको चक्करमा आफ्नै संस्थालाई पछि पार्न उक्त योजना रोक्न कम्मर कसेर लागे । सम्पूर्ण प्रक्रिया पुरा गरेर यीनीहरुको तीव्र अवरोधको बावजुद एनटीभी एचडीमा गएरै छोड्यो । एनटिभीको साख धेरै माथि उठ्यो । बढी व्याण्डवीथ प्रयोग गरे वापत थाइकमले पनि नेपाल टेलिभिजनलाई ठ्लो डिस्काउण्ट दियो तर गिरोहलाई अझै चित्त बुझेन । विरोध र हमला जारी नै राखे अनि नेतृत्वका विशेष व्यक्तिहरुलाई उल्टै वदनाम गर्ने कार्य जारी नै राखे । मण्डले पृष्ठभूमिका यी व्यक्तिहरु प्रजातान्त्रिक विचार राख्ने उच्च नेतृत्वका व्यक्तिहरुसँग अझ बढी र विशेष रुष्ट रहे र आफ्नो घृणित क्रियाकलाप चलाइरहे र चरित्रहत्या गर्नमा लागिरहे ।
इटहरी प्रशारण केन्द्र सञलनमा आउदा सम्ममा फाइभ जी फ्रिक्वेन्सी तथा अन्य प्राविधिक कारणले एनटिभीकै प्राथमिकतामा ऐपस्टार मार्फत पुरै ५ मेगाहर्ज, फ्रिक्वेन्सी थाइकमले निशुल्क उपलब्ध गरायो । यसबाट बार्षिक थप ३ करोडको हाराहारीमा नेपाल टेलिभिजनलाई फाइदा भयो । यो रकम पनि टेलिभिजनको खातामा नगइकन आफ्नै खातामा जाओस् भन्ने उनीहरुको पुरै कोशिस थियो तर व्यवस्थापनको अडानका कारण उक्त दुषित उद्देश्य पुरा हुन सकेन । थाइकमले हाल तोकिएको भन्दा तीस प्रतिशत भन्दा पनि बढी सहुलियतमा सेवा प्रदान गरिरहेको छ तर यो समुह पुरानै रेटमा नेपाल टेलिभिजनले सेवा लिइरहेको भ्रम छरिरहेका छन् र कु प्रचार गरिरहेका छन् ।
सस्तो काम नलाग्ने स्याटेलिइट संस्थानलाई भिडाएर कमिशनको चक्कर चलिरहेको छ । २६०० डलर प्रति मेगाहर्ज प्रति महिना दर तोकेका छन् र टेक्निकल स्पेसिफेकेशन पहिले नै आफ्ना मालिकका लागि बजारमा बाड्दै हिँडेका छन् । अनि कानुनी रुपमा पनि के यो टेण्डर बैध छ ? धेरैले प्रश्न उठाएका छन् । २० औँ करोडको ट्रान्समिटर नचल्दा एक शब्द बोल्दैनन् किन ? १५ करोडको ग्राफिक्स नचल्दा केहि बोल्दैनन् किन ? ८० करोडको एचडी उपकरण मापदण्ड अनुसार चलेको छैन तर कोहि बोल्दैनन् । किनकी करोडौँका एसी, एडिटिङ्ग र अटोमेशनका उपकरण चल्दैनन यिनीहरु बोल्दैनन् किनकी कमिशन खाइसके तर लगातार स्याटेलाईट व्याण्डवीथमा मात्र सम्पूर्ण शक्ति लगाएका छन् किनकी स्वार्थी समुहले अव यसै मार्फत थप खाने कोसिस गर्दैछन् र नेपाल टेलिभिजनलाई सिध्याउन । सम्बन्धित निकायहरुको बेलैमा हस्तक्षेप नभए स्थिति थप जटिल बन्ने छ । स्याटेलाइटको भाडा घटाउने अरु उपाय पनि छन् तर त्यसमा छलफल गर्न चाहदैनन् ।