जयसिंह धामी प्रकरण : छानवीन समितिको प्रतिवेदनमा सांसद ठगुन्नाको आपत्ति, संसदीय छानवीन समिति गठन गर्न सरकारसँग माग

काठमाडौँ – प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गणेशसिंह ठगुन्नाले दार्चुला तुईन घटनाको छानवीन गर्न संसदीय समिति गठन गर्न सरकारसँग माग गरेका छन् । ‘अविलम्ब संसदीय छानविन समिति गठन गर्न सरकार समक्ष माग गर्दछु । सांसद ठगुन्नाले भने ।

दार्चुलाको ब्याँस गाँउपालिका वा.नं. २ माल तुईन घटनामा जयसिंह धामीको मृत्यु भएपछि सरकारले छानविन समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई प्रतिवेदन समेत बुझाई सकेको छ । तर सांसद ठगुन्नाले छानविन समितिको प्रतिवेदन प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले भनेका छन्, ‘ दार्चुला जिल्ला ब्याँस गाँउपालिका वा.नं. २ माल तुईन घटनामा नेपाल सरकार द्वारा गठित छानविन समितिको प्रतिवेदन प्रति गम्भिर ध्यानाकर्षण भएको छ । लामो समय लगाएर पेश गरिएको प्रतिवेदन सरकारको दबाबमा तयार भएको प्रष्टै बुझ्न सकिन्छ ।’ उनले अगाडी लेखेका छन्, ‘शो घटना एसएसबिका जवानहरुले घटाइएको हो वा होईन भन्ने प्रष्ट प्रतिवेदन आउनुपर्नेमा गोलमटोल भाषा प्रयोग गरिएको छ । अझ छानविन समितिले निष्कर्ष दिनुपर्ने मा अनुसंधान गर्न सिफारिस गरेको छ । यो वर्तमान परमादेश बाट गठन भएको सरकारको आत्मसमर्पणवादको पराकाष्ठा हो ।’

यो पनि पढ्नुहोस् 

जयसिंह धामी प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो, एसएसबीको उपस्थितिमा घटना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्