बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

काठमाडौँ – बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ ।

मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरूले पाउने मन्त्रालय टुंग्याउने विषयमा छलफल भएको छ । गठबन्धनमा रहेका दलहरूको बैठक जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

गठबन्धन बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत छन् ।

प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । कांग्रेसबाट दुई जना मन्त्री, एक राज्यमन्त्री र माओवादीबाट दुई जना मन्त्री मात्रै सहभागी गराएर देउवाले मन्त्रिमण्डल बनाएका थिए।

जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी दल पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । सबै दललाई मन्त्रालय भागबन्डा गरेर मात्रै देउवाले मन्त्रिमन्डल विस्तार गर्न लागेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्