सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मिठो–मसिनो खानु यस पर्वका विशेषता भित्र पर्छन ।
विभिन्न प्रकारका बोट विरुवाहरुबाट निर्माण गरिएको पुतना बुढीलाई कुनै सार्बजनिक ठाउमा गाढ्ने चलन रही आएको छ । द्धापरयुगमा कँशले भगवान कृष्णलाइ मार्न पठाएकि पुतना देविको कृष्ण भगवानले दुध चुसेर मारेको खुसियालिमा आज गाडेको बुढीमा असोज महिनाको १ गते सँम्म बिरुवा तथा फूलहरुका हांगा थाप्ने चलन छ । जस्लाई असोज १ गतेको दिन जलाउने गर्दछन ।
परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी गोठाला हरुले पुतनाको शव दहन गरेको कथनमा आधारीत बुढी गाड्ने चलन रहेको हो ।
विहानै नुहाइधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई उपहार दिने चलन छ । यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालसम्मै मनाइन्छ । ओल्के संक्रान्तिका दिन गाँउ नजिकका डाँडामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । त्यसलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ । बुढीलाई असोज संक्रान्तिका साँझ गाँउका सबै जना मिलेर एकैसाथ पोल्ने चलन छ ।
बुढी जलाउने दिन ‘घरबाट आँगोको राँको निकाल्दा पुरै घरलाई घुमाएर निकाल्ने गरिन्छ, घरबाट चिरेको काँक्रो लगेर पोलेको बुढीमा थुक्ने गरिन्छ ।