सामुदायिक सिकाई केन्द्रका परिचालिकाहरुलाई क्षमता अभिबृद्धि कार्यक्रम

५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई लक्षित गरि दिवसको पूर्वसन्ध्यामा राजधानीमा विभिन्न कार्यक्रम गरिएको छ । दुई दिन सम्म जारी कार्यक्रमको समापनमा दक्षिणकाली नगरपालिका, शिखरापुर सामुदायिक सिकाई केन्द्र, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र युनेस्को को सहकार्यमा बागमती प्रदेश भरीका सामुदायिक सिकाई केन्द्रहरु परिचालिकाहरुको नेतृत्व विकास तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रम गरिएको छ । भर्चुअलबाट भएको उक्त कार्यक्रममा शिखरापुर सामुदायिक सिकाई केन्द्रका निरज श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । यसैगरी अतिथिको रुपमा विष्णु प्रसाद मिश्र, विश्वेश्वर कट्टेल, निर्मल सिग्देल, बिमला मिश्र रहेका थिए ।

कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै शिखरापुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष श्याम केसीले सामुदायिक सिकाई केन्द्रहरुलाई अझै माथि उस्कान सबैले चासो दिनुपर्ने र यसालाई माथि उठाउनु आजको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रममा बोल्दै बिष्णु मिश्रले सिकाई केन्द्रहरुलाई क्षमता अभिबृद्धि गरि त्यसमा कार्यरत परिचालिकाहरुको मनोबल अभिबृद्धि गरि उहाँहरुको हौसला बढाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै गोरखा सामुदायिक केन्द्र, गोरखाका विश्वेश्वर कट्टेलले सामुदायिक सिकाई केन्द्रले खेलेको भूमिका, कामकारवाही, उपलब्धि लगायत, मापदण्ड, सहजिकरणका सन्दर्भमा समावेश गरिएको विषयबस्तु र क्षेत्रहरु लगायतका विषयबस्तुमा आफ्नो धारणा राख्नुभएको थियो ।प्रविधिसँग अत्मसाथ गर्न सक्ने र समुदाय सापेक्ष शिक्षाको आवश्यकता रहेको समेत बताएका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै उद्यमी निर्मल सिग्देलले उद्यमशीलता विकास र सामुदायिक सिकाई केन्द्रको दिगोपनाको बारेमा आफ्नो विचार प्रस्तुत गरेका थिए । साथै उहाँेले नेतृत्वका क्षमताको बारेमा समेत आफ्नो धारणा राखेका थिए । यसैगरी उद्यमशीलता विकास पद्धती, एकिकृत उद्यमशीलता विकास दृष्टिकोण, नेतृत्वको आवश्यकता र नेतृत्वमा हुनुपर्ने गुणहरु, नेतृत्व क्षमता, जिम्मेवारी, आवश्यकताको पहिचान, सहजकर्ताले पालना गर्नुपर्ने आचरणहरु, सहजकर्ताको भूमिका, सहजकर्ता र व्यवस्थापकको संरचना लगायतका विषयमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

यस्तै शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तर्फबाट बिमला मिश्रले शैक्षिक संस्था एवम् निकायहरूलाई आवश्यक प्राविधिक सहयोग गरी उनीहरूको सवलीकरण गर्ने, शिक्षामा सवैको पहुँच बढाउने, शिक्षाको विकास र विस्तार गर्ने तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका लागि शैक्षिक संस्थाहरूको क्षमता विकास गर्ने, अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सशक्त बनाउने, सम्वन्धित निकायहरूलाई मार्ग निर्देशन गर्ने र विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य हासिल गर्नका लागि नियामकको भूमिका निर्वाह गर्ने प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशभरीका सामुदायिक सिकाई केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जसमा ४६ जनाले सहभागिता जनाएका थिए । कार्यक्रम दुई दिन सम्म चलेको थियो । साक्षरता दिवसलाई लक्षित गरि शिखरापुर सामुदायिक केन्द्रले कार्यक्रम प्रस्तोता र बक्तृत्वकला लगायतका अन्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्