CORONA

क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउछुँ – पारस खड्का

काठमाडौं – नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ । यो चुनौतिपूर्ण छ ।’

उनले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्याउने योजना रहेको पनि सुनाए । क्रिकेटको क्षेत्रभन्दा टाढा नरहने उनले बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्