काठमाण्डौ – ३३ किलो सुन काण्डमा फरार रहेका ’भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।
आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका मोरङको गौरादह नगरपालिका ८ बस्ने भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । उनी गौशालाबाट पक्राउ परेका परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।