काठमाडौँ – ललितपुर महामनगरपालिकाले आजदेखि ३ दिनसम्म कोरोनाविरूद्ध खोप लगाउने भएको छ ।
महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागेको हो । महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइनेछ । यस्तै साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ । यसबारे पछि सूचना दिने महानगरले जनाएको छ ।