काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले योजना आयोगको सदस्यमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई पनि नियुक्त गरेको छ ।