आज भ्यालेन्टाइन दिवस अर्थात् प्रेम प्रस्ताव राख्ने गर्ने दिन !

विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।

इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सैनिकको विवाह गराइदिएका पादरी भ्यालेन्टाइनलाई तत्कालीन शासकले मृत्युदण्ड दिए पनि उनी प्रेमी–प्रेमिकाका लागि सधैँ अमर रहेको भन्दै फेब्रुअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो । प्रणय दिवसको दिन विशेषगरी गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने भएकाले आज गुलाबको फूलको कारोबार बढी हुने व्यवसायीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्