काठमाण्डौ – पाकिस्तानमा एउटा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी खैबर प्रान्तमा भएको घटनामा अन्य २८ जना घाइते भएका सामाचार संस्था सिन्ह्वाले जनाएको छ । बसमा ४० जना चिनियाँ इन्जिनियर तथा अरू प्राविधिक कर्मचारी रहेका बताइएको छ ।
दासु क्षेत्रमा एउटा जलविद्युत् कम्पनीको जलाशय निर्माण क्षेत्रमा कामदार लिएर जाँदै गरेको बसमा कसले र किन विस्फोट गरायो भन्ने खुलेको छैन । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको सिन्ह्वाले जनाएको छ ।
दासु बाँध (हाइड्रो–इलेक्ट्रिक) परियोजना चीन–पाकिस्तान इकोनमिक करिडोर (सीपीईसी) को हिस्सा हो । यस बाँध परियोजनामा पाकिस्तान र चीनका व्यक्ति मिलेर काम गरिरहेका छन् ।