काठमाडौँ – डोटीमा महिनावारी नबार्ने १४ जना महिलाहरु सम्मानित भएका छन् । बिहिबार पूर्वीचौकी गाउँपालिकाले ७ वटै वडाबाट २÷२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको हो ।
रुढीवादी परम्परा, सामाजिक कुरिती एवं गलत अभ्यासका रुपमा स्थापित छाउपडी प्रथालाई तोड्नका निम्ति आम समुदायलाई प्रेरित गर्न छाउ नबार्ने महिलालाई सम्मान गरिएको पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।
गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार कार्यविधि बनाएर ति महिलालाई सम्मान गरिएको उनले बताए ।