काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञा जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
२० गतेपछिको निषेधाज्ञामा किराना पसल. डिपार्टमेन्टल स्टोर र स्टेशनरी, कितावविहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । उनका अनुसार अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।
निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नु पर्ने उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।