आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन् । यस वर्ष कोभिड–१९ को महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् ।
हामी गौतम बुद्धको गुणगाण गाउछौं । बुद्धको जन्मप्रति गौरव गर्छौं । तर, बुद्धले जुन मार्गदर्शन गरे, त्यो बाटोमा हिँड्ने प्रयास भने गर्दैनौं । वास्तवमा भगवान बुद्धले आफुलाई पूज्य बनाउका लागि कुनै उपदेश दिएका थिएनन् । खासमा त्यो कुरालाई सम्पूर्ण मानव जातिले सुन्नेछन्, बुझ्नेछन् र आफ्नो जीवनमा उपयोग गर्नेछन् भन्नका खातिर उनले बुद्ध दर्शनको प्रतिपादन गरेका थिए । अतः यहाँ उनको अनमोल बचनहरु प्रस्तुत गरिएको छ ।
– संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ
– स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।
– सन्तोष सबैभन्दा ठूलो धन हो । बफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।
– तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य ।
– आफ्नो मोक्षको लागि स्वयम् प्रयास गर । अर्कामा निर्भर नगर ।
– घृणा, घृणाले होइन प्रेमले अन्त्या हुन्छ । यो शाश्वत सत्य हो ।
– बिना स्वास्थ्य जीवन, जीवन होइन । केवल एक पीडाको स्थिती हो । मृत्युको छवी हो ।
– हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।
– सत्यको मार्गमा चलिरहेको व्यक्तिले केवल दुई गल्ती गर्न सक्छन् । एक, पुरा बाटो तय नगर्ने । अर्को, यसको सुरुवात पनि नगर्ने ।
– चाहे तिमी जतिसुकै पवित्र शब्द पढ वा बोल । त्यसले तिमीलाई के भलो गर्छ, जबसम्म त्यसलाई उपयोग गर्दैनौं ।
– इच्छा कहिल्यै अन्त्य हुँदैन । यदि तिम्रो एउटा इच्छा पुरा भयो भने, दोस्रो इच्छा तुरुन्तै जन्मन्छ ।
– शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ । यसले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ ।
– अज्ञानी मानिस एक बेल समान हुन् । उनी ज्ञानमा होइन, आकारमा बढ्छ ।
– ईर्ष्या र गुनासोको आगोमा जलिरहेका मानिसमा खुसी र हासोको स्थान हुनसक्दैन । यदि तपाई अध्याँरोमा डुबिरहनुभएको छ भने, उज्यालोको खोजी किन गर्नुहुँदैन ?
– एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ । यसै किसिमले सच्चा धर्मबाट बेखबर मूखका लागि जीवन-मृत्युको सिलसिला उत्तिनै लामो लाग्छ ।
– जिब्रो भनेको धारिलो चक्कु जस्तै हो । यसले रगत ननिकाली घाउ बनाउँछ ।
– खासमा जो गुनासोयुक्त विचारले मुक्त हुन्छन्, उनको जीवनमा शान्ति मिल्छ ।
– म कहिल्यै देख्दिन के गरियो । म केवल यो देख्छु कि, के गर्न बाँकी छ ।
– मन पनि मानसिक अवस्थाभन्दा माथि हुन्छ ।
– तपाई आफ्नो रिसको कारण दण्डित हुनुभएको छैन । तपाई आफ्नो रिसद्वारा दण्डित हुनुभएको छ ।
– मन सबैथोक हो । जसरी तिमी सोच्छौं, त्यस्तै बन्छ ।
– सबै व्यक्तिलाई सजायदेखि डर लाग्छ । सबै मृत्युदेखि डराउँछन् । बाँकी व्यक्ति तथा प्राणी पनि तिमीजस्तै हो । कसैलाई दुख नदेउ, कसैलाई नमार ।
– सबै नराम्रो कुराबाट टाढा रहनका लागि राम्रो कुराको विकास गरौं । आफ्नो मनमा राम्रो विचार राखौं ।
– लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।
– शान्ति मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।
– खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।
– एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।
– अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।
– प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।
– जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।
– रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।
– भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।
– तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।
– हामीलाई अरु कसैले बचाउन सक्दैन । हामीलाई बचाउने भनेको हामी आफू स्वयंमले हो ।
– आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।
– सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।
सम्बन्धित शीर्षक