प्रतिनिधिसभाको बैठक आज बस्ने, अख्तियारको विश्वसनियता माथि प्रश्न उठेको आरोप

FIle Photo

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले अबरोध गरेको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । सभामुखले हिजोको बैठक शुरु भएको घोषणा गर्नासाथ प्रमुख विपक्षी नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले ललिता निवास जग्गा प्रकरणमा काँग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै विरोध जनाउनुभयो । अख्तियार जस्तो संवैधानिक आयोग सरकारको छायाँ बनेको आरोप लगाउदै कांग्रेस सचेतक भुषालले कसैलाई जग्गा फिर्ता गरेको भन्दै मुद्दा नचलाउने र कसैलाई मुद्दा चलाउने निर्णयबाट अख्तियारको विश्वसनियता माथि प्रश्न उठेको आरोप लगाउनु भयो । प्रमुख प्रतिपक्षका सांसदहरु उभिएर विरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले यसबारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण भइसकेको भन्दै सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्