चीनमा रहेका आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग सहित स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं । चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् ।

मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् ।

चीनको वुहान प्रान्तको हुवेई र अरु शहरमा उद्धारको पखाईमा सरकारको बाटो हेरिबसेका आफ्ना छोराछोरीको उद्धार यथासक्य चाँडो गर्न उनीहरुले माग गरेका छन् ।

अभिभावक सोमिला कक्षपतिले अनलाइनखबरसँग भनिन् ‘सरकारले भोलि भोलि भन्दा एक हप्ता झुलाइसक्यो । चाँडै ल्याउनुपर्‍यो । हाम्रा छोराछछोरी डराइरहेका छन् । खानेकुरा पनि पाउन मुश्किल छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्