माथिल्लो तामाकोसी निर्धारित समयमा नसकिने, भारतीय कम्पनीको लापरवाही

काठमाडौं । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पनि निर्धारित समयमा नसकिने अवस्थामा पुगेको छ । पछिल्लोपटक निर्धारित लक्ष्यअनुसार काम भयो भने आगामी असार मसान्तसम्म माथिल्लो तामाकोसीबाट विजुली उत्पादन सुरु भइसक्नुपर्छ । तर, आयोजनाको ठाडो सुरुङमा पेनस्टक पाइप हाल्ने काममा भएको ढिलाइले समस्या मात्रै ल्याएको छैन, आयोजना फेरि पछि धकेलिने भएको छ ।

भौतिक प्रगतिका हिसावले आयोजनामा ९९ प्रतिशत काम सकिएको छ । तर, बाँकी एक प्रतिशत काम नै समयमा नभएर लक्ष्यअनुरुप आयोजना सञ्चालनमा ल्याउन नसकिने अवस्था आएको छ ।

आयोजनाको ठाडो सुरुङमा ठूला र गह्रुंगा पाइपहरु जोड्नुपर्ने काम जति छिटो सकिन्छ, त्यति नै छिटो आयोजनाबाट परीक्षण उत्पादन सुरु हुन सक्छ । बाँधबाट सुरुङमा आएको पानीलाई बेगसँग टर्वाइनमा खसाल्न ठाडो सुरुङ बनाइन्छ । जसमा ठूला पाइपहरु जोड्नुपर्छ ।

विद्युत प्राधिकरणका अनुसार यस्तो ठाडो सुरुङमा पाइप राखेर जोड्ने कामको प्रगति लक्ष्य अनुसार नभएकाले अब असारभन्दा अघि आयोजनाको परीक्षण सुरु गर्न पनि कठिन छ ।

भारतीय कम्पनीको लापरवाही

आयोजनाको काम निर्धा्रित समयमा सक्ने लक्ष्य प्रभावित हुन नदिन प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ महिनैपिच्छे निर्माणस्थल लामाबगर जाने गरेका छन् । तर, भारतीय ठेकेदार कम्पनीले अन्तिम चरणमा पनि आयोजनामा चरम ढिलाइ गर्दा समस्या भएको आयोजनाका अधिकारीहरु बताउँछन् ।

२ महिनाअघि ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई झक्झकाउन उर्जा सचिव दिनेश घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ कोलकोत्तासम्म पुगेका थिए । तर, त्यसपछि पनि आयोजनाको काममा खासै प्रभाव देखिएको छैन । अन्तिम समयमा भारतीय ठेकेदार आयोजनाका लागि ‘छोड्नु न बोक्नु’ बनेको छ ।

भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको उच्च तहसँग वार्ता गर्दा पनि फिल्डमा तीव्र गतिमा काम हुन सकेको छैन । यो टेक्सम्याकोले पेनस्टक पाइप आपूर्ति तथा जडानको लट–२ को ठेक्का पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्