यो कथा एक दुर्गम जिल्ला को हो । एक घरमा गरिबी अवस्थाका वृद्ध बुवा र किशोर अवस्थाको छोरा बस्थे . दिनको दुई छाक टार्न पनि मुस्किल पर्ने परिवारले जसो तसो गरेर बेलुकाको छाक टारे । गोठमा गाइलाई आहार हालेर सुत्नजान्छन्, उक्त राती त्यो गोठमा एक सुन्दर र आकर्षक घोडा आएर बसेछ। बिहान गरिब को गोठ मा घोडा आको कुरा गाउँ भरी फैलिन्छ। गाउले हरु जम्मा हुन्छन् र आकर्षक घोडा हेर्दै भन्छन् बुढा तिम्रा दु:ख का दिन गए अब यो घोडा बेचेर धनी बन यो घोडाले तिमी लाई धनी बनाउछ ।
अब गाउँलेको कुरा सुनेर ती बृद्धाले भने राम्रो या नराम्रो के भयो त्यो मलाई थाहा छैन तर जे भयो ठिकै भयो । एक कान दुई कान मैदान भएर त्यो घोडाको चर्चा देश भरी फैलियो । राजाले पनि घोडाको चर्चा थाहा पाए पछि घोडा खरिद गर्न टोलि पठाए । बृद्ध सँग उक्त टोलिले बिन्ती बिसायो र भने हामी लाई महाराजले पठाएको हो यो घोडा हामी लैजान्छौ हजुर के माग्नु हुन्छ हामी दिन तयार छौँ । त्यो कुरा सुनेर बृद्धले जवाफ दिए म हजुरहरु र माहाराज सँग क्षमा प्राथी छु म यो घोडा दिन सक्दैन भन्दै उक्त टोलि बिदाइ गरेर राजधानी पठाए ।
त्यो कुरा गाउँलेले थाहा पाए र भने बुढा तिमि किन बहुलाएको त्यो घोडा बेचेको भए धेरै पैसा आउथ्यो तिमीले धनी हुने बाटो गुमायौ । आरामले सुख सयलले बस्न पाउने थियौ। गाउँलेका कुरा सुनेर बुढाले जवाफ दिए राम्रो या नराम्रो के भयो त्यो मलाई थाहा छैन तर जे भयो ठिकै भयो । यो कुरा सुनेर गाउले अचम्म मा परे हेर्दा हेर्दै २/३ दिन बिते बुढाको घोडा गोठ बाट हरायो गाउँले फेरि भने हामिले भनेको मानेनौ अब के गर्छौ त बुढा ? फेरि बुढाले जवाफ दिए राम्रो या नराम्रो के भयो त्यो मलाई थाहा छैन तर जे भयो ठिकै भयो । फेरि दोस्रो दिन त्यो सुन्दर र आकर्षण घोडाले आफू जस्तै ५ ओटा सुन्दर घोडा लिएर तेहि गोठमा आयो गाउँलेले भने बुढा तिमी भाग्यमानी रहेछौ, अब यो मैका न गुमाउ ।
अब घोडा बेच र सुख सयलमा जीवन बिताउ । बुढाले गाउँलेको कुरा फेरि मानेनन् किशोरा अवस्थाको छोरालाई घोडाको हेरचाह र तालीम दिन लगाए तालीम दिने क्रममा घोडाले लडाएर छोरा को हात भाचियो र छोरा अपांग भयो । गाउँले भने बुढा कसैले भनेको मानेनौ आज यो दिन देख्नको लागि रैछ तिमीले यस्तो गरेको ।
बुढाले जवाफ दिए राम्रो या नराम्रो के भयो त्यो मलाई थाहा छैन तर जे भयो ठिकै भयो । गाउँले अचम्म परे र भने बुढा पागल भए छ हिँड घरतिर भन्दै उठेर घर गएर केही महिना पछि देशमा जनआन्दोलन सुरु हुने भयो गाउँका सबै किसोरा अवस्थाका छोरा छोरीले युद्धमा जानू पर्ने भयो सबै युद्धमा गए अपांग छोरा बाहेक ।
फेरि गाउँले बुढाको घरमा जमा भए र रुदै भने तिमी धेरै भाग्यमानी रहेछौ बुढा बुढेसकालमा साहाराको लागि छोरा साथमा छ हाम्रा छोराछोरी युद्धमा गएर अब जिवित आउदैनन् होला त्यो सुनेर बुढाले भने तिमीहरु जस्तोसुकै परिस्थितिमा नकारात्मक जोड दिन्छौं म हरेक परिस्थितिमा साकारात्मक तरिकाले सामाना गर्न खोज्छु ।
तिमी हरुले पनि आफुले आफूलाई हेर्ने दृस्टीकोण बद्लियौ भने कहिले पनि दुखी हुदैनौ ।
सारांश :नकारात्मक भनेको दिमागमा हुन्छ नकारात्मक कहिले पनि स्थितिमा हुदैन लक्ष्य तह गर्नको लागि जे भयो त्यही लाई सकारात्मक ठान्दै अगाडि बढ्ने ।