गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ समेत समावेश गरिएको छ । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ ।

गुण्डा नाइकेको रुपमा चिनिनि मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । प्रदेशमा यसअघि युवा तथा खेलकुद मन्त्रालय थिएन । तर मनाङ्गेलाई मन्त्री बनाएसँगै सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ मन्त्रालयका रुपमा युवा तथा खेलकुद बनाइएको छ ।

माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि रिक्त भएको आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री गुरुङ आफैंले राखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्