दुग्ध विकास संस्थान ९डीडीसी०ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ । डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन, सोही भुक्तानीका लागि सरकारसँग सहुलियत ऋण मागेको कृषि मन्त्रालयका ९पशुपन्छीतर्फ० निमित्त सचिव डा। विमल निर्मलले बताए ।
डीडीसीका कार्यवाहक अध्यक्षसमेत रहेका सचिव निर्मलले कोभिड–१९ का कारण भएको बन्दाबन्दीको समयमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नहुँदा पुँजी होल्ड भएको र अहिले किसानलाई समेत भुक्तानी दिने रकम नरहेको बताए । डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले करिब तीन महिनाको ३५ करोड रुपियाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको र बन्दाबन्दीमा बिक्री वितरणमा आएको गिरावट अझै नसुध्रिएका कारण सरकारसँग सहुलियत ऋण माग गरेको बताए ।
कृषि मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग कुराकानी भइरहेको र औपचारिक पत्र भोलिरपर्सितिर बुझाउने उनले बताए । डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाका अनुसार करिब एक अर्ब रुपियाँ बराबरको दुग्धजन्य पदार्थ भण्डारमा थन्किएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।