आइपिएलमा चेन्नईका ब्याट्सम्यान रविन्द्र जडेजाले एकै ओभरमा ३७ रन प्रहार गरे

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपरकिंग्सका ब्याट्सम्यान रविन्द्र जडेजाले एकै ओभरमा ३७ रन प्रहार गरेको छ ।

आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा जडेजाको उत्कृष्ट ब्याटिङमा चेन्नईले अन्तिम ओभरमा ३७ रन प्रहार गरेको हो । अन्तिम ओभरमा बेंग्लोरका हर्षल पटेलले बलिङ गरेका थिए ।
अन्तिम ओभरअघि तीन विकेट लिएका हर्षलको पहिलो दुई बलमा जडेजाले लगातार छक्का हानेका थिए। त्यसपछि नो बल भएको थियो। सो बलमा पनि जडेजाले छक्का हिर्काएपछि ७ रन प्राप्त भएको थियो ।

तेस्रो बलमा फेरी छक्का हिर्काएका जडेजाले चौथो बलमा २ रन लिए। उनले पाँचौ बलमा छक्का र छैटौं बलमा चौका प्रहार गर्दै एकै ओभरमा ३७ रन प्रहार गरे ।
एकै ओभरमा ३७ रन प्रहार गर्दै चेन्नईले क्रिस गेलको ब्याटिङमा बेंग्लोरले बनाएको कीर्तिमान बराबरी ग¥यो। गेलले सन् २०११ मा बेंग्लोरबाट खेल्दै कोची टस्कर्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्