काठमाडौं – धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा ओलीले उनलाई सम्मान गरेका हुन् ।
२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा बल्खु काठमाडौंकी श्रेष्ठ घाइते भएकी थिइन् ।
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर देशभर ८ हजार बढीको ज्यान गएको थियो भने कयौं भौतिक क्षति भएको थियो ।