सुर्खेत – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए ।
उनी १५ दिनअघि भारतबाट फर्किएका थिए । रेग्मीका अनुसार उनलाई कोरोना संक्रमण भएको पुष्टि भारतमै भएको थियो ।