बाजुराको ढमकनेमा आलुका परिकार बनाउने तालिम तथा प्रदर्शनी

बाजुरा – बडिमालिका नगरपालिका ७ ढम्मकनेमा आलुका परिकार बनाउने तालिम तथा प्रदर्शनी मेला सम्पन्न भएकाे छ । कृषि ज्ञान केन्द्र बाजुरा र घरेलु तथा साना उद्योग विकास समितिकाे कार्यालयको संयुक्त आयोजना र ढम्कने आलु व्लक संचालक समितिको समन्वयमा आलु परिकार तयारी तथा प्रदशन मेलाकाे आयोजना गरेको ढम्कने आलु बल्क का अध्यक्ष नर बहादुर राेकायाले जनाएको छ ।
यस तालिममा बडिमालिका नगरपालिका -७ का होटेल व्यवसायी तथा अगुवा कृषक गरि २३ जनालाई ५ दिने आलुका परिकार तयारी तालीम सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुरा सुुचना अधिकारी मिन प्रसाद जैशीले बताएका छन । आलु एक, परिकार अनेक भन्ने नारा सहित संचालन भएको ५ दिने तालिममा आलुकाे हलुवा, आलु पराठा, आलुचिप्स, आलुकाे तरकारी ,समाेसा, आलुका लड्डुलगायत आलुका २३ भन्दा वढी परिकार वनाउन सिकाईएको छ। भने सँगै व्यवसायीक योजना सम्वन्धि तालिम पनि दिईएको छ ।
ब न पा ७ ढम्कनेमा बाजुरा जिल्ला कै मुख्य आलु पकेट क्षेत्र रहेको छ। यस क्षेत्रबाट जिल्लाका विभिन्न ठाउँमा आलु विक्रि हुने गरेको छ । आलु ब्लकका सचिब राम ब.धामिले भनेकाछन्। बाजुरालाई कृषि क्षेत्रको विशेष पकेट क्षेत्र बनाउने उदेश्यका साथ आफनो गाउँ आफै बनाउ भने कार्य योजनालियकाे जैशीले बताएका छन । आफनो गाउँ आफै बनाउ भन्ने कार्य योजना जिल्लाका ९ वटै स्थानिय तहलाई हस्तान्तरण गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्