बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ [रिब] बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा ‚थायी संरचना बनाउन दिइने फलामे टेको हो।

यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो पारिन्छ । यससँगै कतिपय अवस्थामा फलामे बाकसको संरचना पनि आवश्यक हुन्छध्रनेपालमा सुरुङ निर्माणको परम्परा जलविद्युत् क्षेत्रमा मात्र छ । सडक निर्माणको इतिहासमा नै पहिलो पटक नागढुङ्गा–नौबिसे सडक खण्डमा सुरुङ खन्ने काम भइरहेको छ । जलविद्युत्का उपकरण निर्माण गर्ने कम्पनी नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडले नेपालको पहिलो सुरुङ मार्गका लागि उपकरण निर्माण गर्ने अवसर पाएको हो ।

जापान सरकारको सहयोगमा निर्माण हुन लागेको सुरुङको काम चाहिँ जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ । सुरुङ निर्माणको प्रविधि नेपालमा नितान्त नयाँ होध्र यसमा पनि अन्य निर्माणमा ज‚तै सिभिल, मेकानिकल र इलेक्ट्रिकललगायतका काम हुने गर्छ । सुरुङका लागि आवश्यक करङको उत्पादन मेकानिकल इन्जिनियरिङअन्तर्गतको काम हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्