काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका जनताहरु अझै पनि अध्यारोमा बस्न बाध्य छन् ।
शैल्यशिखर नगरपालिका भित्र चमेलिया हाइड्रो पावर सहित २ वटा ठूला जलविद्युत आयोजना भएपनि नगरबासीहरु अध्यारोमा बस्न बाध्य भएका छन् । नगरबासीहरुले पटक–पटक विद्युतीकरणको माग राख्दै आन्दोलित भएका छन् ।
शुक्रबार शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामी र मालिकार्जुृुन गाउँपाकिाका अध्यक्ष नरेन्द्रसिंह धामीले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका निर्देशक जगदीश चन्द्र जोशीसँग भेट गरी नगरभित्र विद्युतिकरणको समस्या सामाधान गरिदिन आग्रह गरेका छन् । दुवै पालिकाका प्रमुखहरुले दार्चुलामा नै २ वटा जलविद्युत आयोजनाहरुले विद्युत उत्पादन गरे पनि दार्चुलाबासीहरुले अध्याँरोमा बस्नु परेको गुनासो गरेका थिए ।
जवाफमा निर्देशक जोशीले छिटो भन्दा छिटो दुबै पालिकामा विद्युतिकरण गर्ने आश्वासन दिएको शैल्य शिखर नगरप्रमुख धामीले जानकारी दिए । उनका अनुसार यही आर्थिक वर्ष नगरक्षेत्रमा विद्युतिकरण हुनेछ ।